ग्रीसमा दुईवटा रेल एक आपसमा ठोक्किए, ३६ जनाको मृत्यु

एजेन्सी : ग्रीसमा दुईवटा रेल एक आपसमा ठोक्किँदा ३६ जनाको मृत्यु भएको छ भने कम्तीमा ८५ जना घाइते भएका छन्।
बीबीसीका अनुसार मङ्गलबार राति मध्य ग्रीसको लारिसा सहरनजिकै टेम्पीमा यात्रुवाहक रेल एक मालवाहक रेलसँग ठोक्किँएको थियो।
यात्रुवाहक रेलमा तीन सय ५० भन्दा बढी यात्रु सवार थिए। जसमध्ये एक सय ९४ जना यात्रुलाई सुरक्षित रूपमा उद्धार गरिएको छ भने मृतकको संख्या भने अझ बढ्न सक्ने अनुमान गरिएको छ।
फागुन १७, २०७९ बुधबार १४:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।