फेरियो राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह

काठमाडौं : रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह फेरिएको छ।
यसअघि गोलाकारभित्रको घन्टी चुनाव चिन्ह रहेकोमा अब त्यसलाई बदलेर घन्टी मात्रै राखिएको पार्टीका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए।
उनका अुनसार बुधबार पार्टी केन्द्रीय समितिको निर्णयबमोजिम निर्वाचन आयोगमा चुनाव चिह्न फेरिएको हो।
‘केन्द्रीय समितिले चुनाव चिन्हमा रहेको गोलाकार घेरा हटाउने निर्णयमा आयोगले अनुमति दिइसकेको छ,’ उनले भने, ‘अब हाम्रो पार्टीको चुनाव चिह्न घन्टी मात्रै हो।’
पार्टी दर्ता भएकै समयमा पनि घन्टी मात्र चुनाव चिन्ह राख्न खोजेको थियो राष्ट्रिय स्वतन्त्र पार्टीले। तर त्यो समयमा पाएको थिएन। बोल्न, लेख्न र प्रचार–प्रसार गर्न सहज होस् भन्ने उद्देश्यले बदलिएको अर्यालले बताए।
रास्वपाले गत निर्वाचनमा गोलाकारभित्रको घन्टी चुनाव चिह्नबाट आफ्ना उम्मेदवारलाई मैदानमा उतारेको थियो भने चितवन २ मा हुने उप–निर्वाचनका लागि दल दर्ता गर्ने क्रममै चुनाव चिह्नमा फेरबदल गरेको हो।
फागुन १७, २०७९ बुधबार १३:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।