पल शाहलाई राजेश पायलको सुझाव : अब भाइरल हुने भन्दा देशभक्तीका चलचित्रमा अभिनय गर्नु

पल शाहलाई राजेश पायलको सुझाव : अब भाइरल हुने भन्दा देशभक्तीका चलचित्रमा अभिनय गर्नु

काठमाडौं : गायक राजेश पायल राईले अभिनेता पल शाहलाई अब नेपाली माटोको कथा बोकेको चलचित्रमा काम गर्न सुझाव दिएका छन्।

मंगलवार काठमाडौं आएका अभिनेता शाहलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्दै राईले आगामी दिनमा देशभक्तीका कथाहरू भएका चलचित्रका अभिनय गरेर अघि बढ्न सुझाव दिएका हुन्।

उनले अभिनेता शाहले चलचित्र र गीत संगीतमा भाइरल हुने भन्दा पनि चलचित्र र गीत, संगीत उद्योगलाई टेवा पुग्ने अभिनय गर्नुपर्ने बताए।

बलात्कार आरोपमा सफाइ पाएसँगै सोमवार तनहुँको कारागारबाट छुटेपछि पोखरा पुगेका अभिनेता शाह आज काठमाडौं आइपुगेका हुन्।

१६ फागुन, २०७९, १८:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।