नेपालकाे घातक बलिङसामू ७२ रनमा समेटियो मलेसिया

नेपालकाे घातक बलिङसामू ७२ रनमा समेटियो मलेसिया

काठमाडौं : नेपालकाे घातक बलिङसामू यूएईएमा जारी आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा मलेसिया ७२ रनमा समेटिएको छ।

स्पिनर दीपेश कंडेलको सानदार बलिङमा मलेसियाले नेपाललाई ७३ रनको लक्ष्य दिएको छ।

यूएईस्थित मलेका क्रिकेट मैदानमा नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले ओभरमा अलआउट हुँदै ७२ रन मात्र बनायो। 

मलेसियाका लागि मुहम्मद अक्रम मालेकले सर्वाधिक २६ रन बनाउँदा मुहम्मद सायाहिरले १२ रन बनाए। मूहम्मद हरिसानले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि दीपेश कंडेलले १० ओभरमा ११ रन खर्चिएर ४ विकेट लिए। आकाश चन्दले ३ तथा मिलन बोहोराले २ विकेट लिए।

१६ फागुन, २०७९, १३:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।