पोर्चुगलको कप्तानको रूपमा रोनाल्डो हैन पेपेले गरे मतदान, मेस्सीलाई दिएनन् भोट

पोर्चुगलको कप्तानको रूपमा रोनाल्डो हैन पेपेले गरे मतदान, मेस्सीलाई दिएनन् भोट

काठमाडौं : मंगलबार विहान प्रदान गरिएको फिफा उत्कृष्ट खेलाडीको अवार्डबाट अर्जेन्टिनाका कप्तान सम्मानित भए।

फिफाका सदस्य राष्ट्रका कप्तान, प्रशिक्षक र मिडियाकर्मीले गरेको मतदानका आधारमा मेस्सी अवार्डबाट पुरस्कृत तथा सम्मानित भएका हुन्।

यहाँ गरिने मतदान गोप्य नहुने भएकाले कसले कसलाई मत दियो भन्नेबारे पनि थाहा पाइन्छ। यस्तै क्रममा पोर्चुगलका कप्तान रहेका क्रिस्टियानो रोनाल्डोले अवार्डमा कप्तानको रूपमा मतदान नगरेको पाइएको हो।

रोनाल्डोको स्थानमा केभलर लाभेरान डी लीमा फेराइरा (पेपे)ले कप्तानको रूपमा मतदान गरेका छन्। उनले लियोनल मेस्सीलाई मतदान गरेनन्। उनले पाँच मतभारको मतदान फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेलाई गरेका छन्।

दोस्रो तीन अंकभारको मतदान क्रोयसियाका लुका मोड्रिचलाई गर्दा एक अंकभारमा मतदान भने करिम बेन्जिमालाई गरेका छन्।

यस्तै, साउदी अरेबियाका कप्तान सलमान अलफराजले भने मेस्सीलाई मतदान गरेका छन्। विश्वकपको पहिलो खेलमा साउदीले अर्जेन्टिनालाई २–१ गोल अन्तरले पराजित गरेको थियो।

अलफराजले तीन अंकभारतको मत बेन्जिमालाई गर्दा एक अंकभारको मत भने एम्बाप्पेलाई दिएका छन्। रोनाल्डो अहिले साउदी अरेबियाले फुटबल क्लब अल–नारसबाट क्लब फुटबल खेल्दै आएका छन्।

१६ फागुन, २०७९, १२:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।