‘फिफा बेस्ट अवार्ड’का लागि नेपालबाट तीन जनाले गरेका थिए मतदान, कसको मत कसलाई?

‘फिफा बेस्ट अवार्ड’का लागि नेपालबाट तीन जनाले गरेका थिए मतदान, कसको मत कसलाई?

काठमाडौं : विश्व फुटबल महासंघ फिफाले प्रदान गर्ने ‘फिफा उत्कृष्ट अवार्ड’मा पुरुषतर्फको उपाधि अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले हात पारे।

उनका लागि विभिन्न देशका कप्तान, प्रशिक्षक र मिडियाकर्मीले मतदान गरेका थिए। नेपालका प्रशिक्षक, कप्तान र मिडियाकर्मीलेसमेत उक्त मतदानमा सहभागी भए।

फिफा सदस्य राष्ट्रले उत्कृष्ट अवार्डका लागि मतदान गर्न पाउने व्यवस्था छ।

नेपालको तर्फबाट कप्तान किरणकुमार लिम्बु, प्रशिक्षक प्रवेश कटुवाल र मिडियाकर्मी बिक्रम थापाले मतदान गरेका थिए।

मतदान पक्रियामा तीन जनालाई मतदान गर्नुपर्ने हुन्छ। पहिलो, दोस्रो र तेस्रो मतदानको मतभार क्रमशः पाँच, तीन र एक हुन्छ।

कप्तान लिम्बुले फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेलाई पाँच, अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीलाई तीन र क्रोयसियाका कप्तान लुका मोड्रिचलाई एक अंकको मतदान गरे।

यस्तै, प्रशिक्षक कटुवालले मेस्सीलाई पाँच, एम्बाप्पेलाई तीन र ब्राजिलियन फुटबलर भिनिसियस जुनियरलाई एक अंकको मतदान गर्दा मिडियाको तर्फबाट गरिएको मतदानमा बिक्रम थापाले मेस्सीलाई पाँच, एम्बाप्पेलाई तीन र मोड्रिचलाई एक अंकको मतदान गरे।

पेरिसमा मंगलबार विहान भएको एक समारोहमा मेस्सीले प्रतिद्वन्द्वीहरू फ्रान्सका केलियन एम्बाप्पे र करिम बेन्जेमालाई पछि पार्दै पुरुषतर्फ वर्षको उत्कृष्ट अवार्ड जितेका हुन्।

१६ फागुन, २०७९, १०:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।