सरकारमा जान मेरो दाबी छैन : उप-सभापति खड्का

सरकारमा जान मेरो दाबी छैन : उप-सभापति खड्का

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफू सरकारमा नजाने प्रतिक्रिया दिएका छन्।

कांग्रेसबाट सरकारको नेतृत्व खड्काले गर्न चाहेको चर्चा चलिरहँदा ट्वीट गरी उनले यो कुरामा सत्यता नभएको बताएका हुन्।

उनले गत पुस १० गते भत्किएको गठबन्धनलाई पुन स्थापित गर्ने संकल्प पूरा भएको भन्दै उनले कुनै कुरामा आफ्नो दाबी नभएको बताएका छन्।

उनले भने, ‘पुस १० गते भत्काइएको गठबन्धनलाई पुनःस्थापित गर्ने त्यही दिन राति गरेको संकल्पलाई लगभग पूरा गरिएको छ। अब मेरो दाबी कुनै कुरामा छैन। अब मेरो दाबी कुनै कुरामा छैन। मेरो नाम अरूसँग जोडेर सरकारमा जाने दाबी गरेको भनेर कृपया मिडियामा र सामाजिक सञ्जालमा बहसको विषय बनाएर मलाई अन्याय नगरीदिनुहोस्।’

१६ फागुन, २०७९, १०:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।