पीएनजीविरुद्ध नेपालको कीर्तिमानी जित

पीएनजीविरुद्ध नेपालको कीर्तिमानी जित

काठमाडौं : आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले ४ विकेटको कीर्तिमानी जित निकालेको छ। याे जितसँगै नेपालले एकदिवसीय क्रिकेटमा लगातार पाँचौं जित निकालेको हो।

टस हारेपछि ब्याटिङमा आएको पपुवा न्यु गिनीले दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय ३ रन बनाएको थियो।

ओपनर कुशल भुर्तेलको अर्धशतकबाट प्रेरित नेपालले ४५.२ ओभरमा विजयी लक्ष्य पूरा गर्यो।

अघिल्लो साता नेपालले घरेलु मैदानमा लिग–२ को नामिबिया र च्याम्पियन स्कटल्यान्डविरुद्धको २–२ खेल गरी सबै ४ खेल जित्दै क्लिन स्विप गरेको थियो।

नेपालले २०२० को फेब्रुअरीदेखि २०२१ को सेप्टेम्बरसम्ममा गरी एकदिवसीय अन्तर्राष्ट्रियमा लगातार चार खेले जितेको थियो।

कुशलले ५६ रन बनाए। एकदिवसीय अन्तर्राष्ट्रियमा यो उनको चौथो अर्धशतक हो। ६९ बलको इनिङ्समा उनले ५ चौका प्रहार गरे।

कुशल र आसिफ शेखले पहिलो विकेटमा १५ ओभरभित्र ७६ रनको ठोस साझेदारि गरि नेपालको विजयको आधार बनाए। आसिफले ३९ बल खेल्दै ५ चौकासहित ४४ रन बनाए।

ज्ञानेन्द्र मल्ल ४ रन बनाई इनसाइड एज लागेर नोर्मन भानुआको बलमा बोल्ड भए। कप्तान रोहित पौडेलले ३४ बलमा १४ रन बनाए।

फागुन १५, २०७९ सोमबार १८:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।