शुक्रबार ०७ मंसिर, २०८१
एकदिवसीय क्रिकेटमा कुशलको चौथो अर्धशतक
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा जारी नेपाल र पीएनजीबीचको खेलमा कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन्।
५९ बलको सामना गरेका पाँच चौकासहित ५० रन बनाए। एकदिवसीय क्रिकेटमा उनको यो चौथो अर्धशतक हो। एक दिवसीय क्रिकेटमा नै उनले शतकसमेत प्रहार गरिसकेका छन्।
नेपाल, युएई र पीएनजीबीचको त्रिदेशीय सिरिजका लागि नेपाल अहिले युएईको भ्रमणमा छ। २०४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा १८ ओभरको समाप्तीमा नेपालले २ विकेट गुमाएर १०३ रन बनाएको छ।
फागुन १५, २०७९ सोमबार १७:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।