६ बालिकामाथि यौन शोषणको आरोपमा ललितपुरबाट चिनियाँ नागरिक पक्राउ 

६ बालिकामाथि यौन शोषणको आरोपमा ललितपुरबाट चिनियाँ नागरिक पक्राउ 

ललितपुर : बाल यौन शोषण कार्यमा संलग्न रहेको अभियोगमा चिनियाँ नागरिक ४९ वर्षीय याङ लि मिङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

ललितपुर महानगरपालिका-२२ बुङमतीस्थित कोका न्यू प्युरी एण्ड म्याट्रेस कम्पनी सञ्चालन गरी बस्दै आएका उनले फेसबुकमार्फत नाबालिकाहरूसँग चिनजान गरी साथी बनाउने गरेको केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जले जनाएको छ।

साथी बनेका नाबालिकाहरूलाई काठमाडौं बोलाई विभिन्न मनोरञ्जनात्मक गतिविधिहरूमा संलग्न गराउनुका साथै आर्थिक प्रलोभन देखाइ यौन शोषण गर्ने गरेको भन्ने सूचनाका आधारामा उनलाई व्यूरोको टोलीले ललितपुर महानगरपालिका-२२ बुङमतीबाट पक्राउ गरेको हो।

उनले १४ देखि १७ वर्षका ६ जना नाबालिकहरूमध्ये २ जनालाई बुङमतीस्थित निजको अपार्टमेन्टमा लगि यौन शोषण गरिसकेको तथा अन्य ४ जना बालिकाहरूलाई ठमेलस्थित होटलमा ललाइफकाई राखिएको अवस्थामा प्रहरीले ती बालिकाहरूको उद्वार गरेको छ।

उनी उपर जबरजस्ती करणी शीर्षक मुद्दामा जिल्ला अदालतबाट ३ दिनको म्याद अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ।

फागुन १५, २०७९ सोमबार १४:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।