रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राख्ने, राष्ट्रपतिबारे निर्णय लिन बाँकी

रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राख्ने, राष्ट्रपतिबारे निर्णय लिन बाँकी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ। सोमबार पार्टी केन्द्रिय कार्यालय बसुन्धारामा बसेको पार्टीको केन्द्रिय कमिटीको बैठकले यो निर्णय गरेको हो।

बैठकले उपयुक्त समय नआउन्जेलसम्मका लागि सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय भएको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए।

उनले बैठकले राष्ट्रपति निर्वाचनका लागि एमाले र नेपाली काँग्रेस दुवै दलले सहयोग मागे पनि अहिलेसम्म पार्टीले कसलाई समर्थन गर्ने भन्ने बारेमा कुनै निर्णय लिइनसकेको स्पष्ट पारे।

सहमहामन्त्री बुर्लाकोटीले बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे पार्टी सभापति रवि लामिछानेले ब्रिफिङ गरेको बताए।

फागुन १५, २०७९ सोमबार १४:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।