हुण्डाईको विद्युतीय गाडीमा ‘एक्सचेन्ज अफर’

हुण्डाईको विद्युतीय गाडीमा ‘एक्सचेन्ज अफर’

काठमाडौं : हुन्डाई गाडीहरुको आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले आफ्नो विद्युतीय गाडीहरुमा ‘एक्सचेन्ज अफर’ ल्याएको छ।

हुन्डाईको यस अफर अन्तर्गत ग्राहकहरुले आफ्ना कुनै पनि विद्युतीय गाडीसँग नेपालमा सर्वाधिक रुचाइएको हुन्डाईको विद्युतीय गाडी ‘काेना’ वा ‘आयोनिक ५’ साट्न सक्नेछन्।

एक्सचेन्ज योजनामा कोनाको न्युनतम एक्सचेन्ज मुल्याङ्कन रु.४० लाख कायम गरिएको छ। जुन हालसम्मको मुल्याङ्कनमा सबैभन्दा बढी भएको बताइएको छ।

यो योजना नयाँ र विकसित विद्युतीय सवारी साधनमा अपग्रेड गर्न खोजिरहेका ग्राहकहरूका लागि उत्कृष्ट अवसर हो।

एक्सचेन्ज अफर योजना नेपालभरिका हुन्डाई सोरुमहरुमा उपलब्ध छ। नेपालका विद्युतीय सवारी साधनहरुमा हुन्डाई इभीहरु अग्रपंत्तिमा रहेका बताइन्छ।

कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू सहित ४० वटा चार्जिङ्ग स्टेशनमार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङ्गको सेवा दिँदै आएको छ। 

फागुन १५, २०७९ सोमबार १३:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।