एमाले सरकारबाट बाहिरिने, समर्थन पनि फिर्ता लिने

एमाले सरकारबाट बाहिरिने, समर्थन पनि फिर्ता लिने

काठमाडौं: सत्ता साझेदार दल एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ। आज बसेको एमालेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमाले लगायतका दलसँग गरेको गठबन्धन तोड्दै कांग्रेस, एकीकृत समाजवादी लगायत आठ दलसँग नयाँ गठबन्धन गरेपछि एमाले-माओवादी सम्बन्ध चिसिएको थियो। राष्ट्रपतिको निर्वाचनमा समेत माओवादीले कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सघाउने निर्णय भएको थियो।

यतिञ्जेल एमाले भने राष्ट्रपतिको निर्वाचनको परिणामलाई कुर्ने र सरकारलाई दिएको समर्थन जारी राख्ने नीतिमा थियो। राष्ट्रपतिको निर्वाचन गोप्य मतदान हुने भएकाले माओवादीको भोट स्विङ गराउने एमालेको रणनीति थियो।

तर, हिजो प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालको जेनेभा भ्रमण रद्द गरिदिएपछि एमाले क्रुद्ध भएको थियो। त्यसैको परिणामस्वरूप आज एमाले सरकारबाट बाहिरिने र समर्थन समेत फिर्ता लिने निर्णयमा पुगेको हो।

फागुन १५, २०७९ सोमबार १२:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।