सुनसरीमा बसको ठक्करबाट भारतीय नागरिकको मृत्यु
काठमाडौं: सुनसरीको भोक्राहानरसिंह गाउँपालिका- ३ स्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत बिहार बनेलिपट्टीका ४५ वर्षीय रामनारायण मेहता रहेका छन्।
आज बिहान ५ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा३ख ४९०२ नम्बरको बसले ठक्कर दिँदा घाइते भएका साइकलयात्री मेहताको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको हो।
ठक्कर दिने बस र चालक काठमाडौं दक्षिणकाली- ५ का ४० वर्षीय निरञ्जन बस्नेतलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।
फागुन १५, २०७९ सोमबार १२:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।