शुक्रबार ०७ मंसिर, २०८१
पीएनजीविरुद्ध सोमपालले लिए पहिलो विकेट, ओपनर टोनी उरा २ रनमै बोल्ड आउट
काठमाडौं: यूएईमा आजबाट सुरु भएको आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध टस जितेर पहिले बलिङ रोजेको छ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको खेलमा फास्ट बलर सोमपाल कामीले पहिलो विकेट लिइसकेका छन्। उलने पीएनजीका ओपनर टोनी उरालाई मात्र २ रनमा बोल्ड आउट गरे।
पाँचौ ओभरमा मात्र ११ रनमा पहिलो विकेट खसेपछि पीएनजी दबाबमा देखिएको छ। यो सिरिजमा यूएई, पीएनजी र नेपालले एक आपसमा २-२ खेल खेल्ने छन्।
फागुन १५, २०७९ सोमबार १२:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।