हिन्दी फिल्मले सधैँ सबै धर्मको मजाक बनाएको छ : नसीरुद्दीन शाह
एजेन्सी: भारतीय अभिनेता नसीरुद्दीन शाहले बलिउड र दक्षिण भारतीय फिल्मबीच तुलना गरेका छन्। उनले बलिउड (हिन्दी) फिल्मले सधैँ सबै धर्मको मजाक गरेको बताएका छन्।
उनले भने, 'हिन्दी फिल्महरूले सधैँ सिख, ईसाइ र फारसी धर्मको व्यक्तिहरूको मजाक बनाएको छ। अरूको दुःखमा हास्नु एउटा राष्ट्रिय चलन नै बनेको छ।'
उनले हिन्दी फिल्म मेकरहरू अरूको मजाक गरिरहँदा उनीहरूमाथि के आइपर्छ भन्ने समेत नसोच्ने गरेको बताए। 'हामी एक सय वर्षदेखि फिल्म बनाउँदै आएका छौँ। र यो सय वर्षमा तिनै फिल्म बनेका छन् जसमा अरू धर्मको मजाक बनाइएको छ।'
उनले दक्षिण भारतीय सिनेमा निकै मेहेनतसाथ बनाउने गरिएको पनि बताएका छन्। दक्षिण भारतीय फिल्म उत्कृष्ट र विवादरहित हुने उनले बताए।
यस्तै उनले तमिल, तेलुगु, कन्नड़, मलयालम लगायत भाषाका फिल्महरू बरू रिलेटेबल (व्यक्तिसँग सान्दर्भिक) हुने पनि बताए।
फागुन १५, २०७९ सोमबार ११:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।