रास्वपाको केन्द्रीय कमिटी बैठक बस्दै, सरकारलाई दिएको समर्थनबारे फिर्ता लिने कि नलिने बारे छलफल हुने
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। आज बिहान ११ बजेका लागि पार्टी केन्द्रीय कार्यालय वसुन्धारामा बैठक बोलाइएको छ।
बैठकले पछिल्लो राजनीतिक अवस्था र राष्ट्रपति निर्वाचनबारे छलफल गर्नेछ। साथै आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने बारेमा पनि निर्णय गर्ने बताइएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्त्वको सरकार बन्दा रास्वपाले समर्थन गरेकामा माघ २२ गते सरकारबाट बाहिरिए पनि सरकारबाट अहिलेसम्म समर्थन भने फिर्ता लिएको छैन।
राष्ट्रपतिको निर्वाचनका लागि कांग्रेस वा एमालेका उम्मेदवारको प्रस्तावक वा समर्थकमा पनि रास्वपा बसेको छैन। केन्द्रीय कमिटी बैठकबाट उक्त दलले यसबारे स्पष्ट नीति तय गर्ने बताइएको छ।
फागुन १५, २०७९ सोमबार ०९:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।