सन्दीपको मुद्दामा आज पनि सुनुवाइ हुँदै

सन्दीपको मुद्दामा आज पनि सुनुवाइ हुँदै
तस्बिर : क्यान

काठमाडौं: क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ आज पनि हुँदैछ। लामिछानेले विदेशमा पनि क्रिकेट खेल्न जान पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।

बलात्कारको आरोप लागेपछि उनलाई पुस २९ गते उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गरेको थियो भने विदेश जान प्रतिबन्ध लगाएको थियो। उनले २० लाख धरौटीलाई पनि कम गर्नुपर्ने माग गरेका छन्।

यता महान्यायाधिवक्ता कार्यालयबाट दर्ता भएको सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पनि हुँदैछ। गत शुक्रबार ईश्वरप्रसाद खतिवडाको एकल इजलासले दुवै मुद्दालाई लगाउमा राखेर सुनवाइ गर्न आदेश दिएको थियो।

उच्च अदालत, पाटनले धरौटीमा छाडेपछि सन्दीपलाई थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा रिट दायर गरेको थियो।

आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त बन्द इजलासमा भएको सुनुवाइ नसकिएपछि आज पुनः सुनुवाइ हुन लागको हो।

फागुन १५, २०७९ सोमबार ०९:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।