गत वर्ष फागुन १५ मा आत्मसमर्पण गरेका पल शाह फागुन १५ मै आज रिहा हुँदै

गत वर्ष फागुन १५ मा आत्मसमर्पण गरेका पल शाह फागुन १५ मै आज रिहा हुँदै

काठमाडौं: बाल यौन दुरुपयोगको अभियोगमा थुनामा रहेका अभिनेता पल शाह आज रिहा हुँदैछन्। हिजो उच्च अदालत पोखराले जिल्ला अदालत नवलपुरले दिएको सजाय उल्ट्याउँदै शाहलाई सफाइ दिएको थियो।

उनी आज जिल्ला कारागार तनहुँबाट रिहा हुनेछन्।

नवलपुर अदालतले बलात्कार नभएको तर बाल यौन दुरुपयोग भएको भन्दै शाहलाई साढे दुई वर्ष जेल सजाय र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो। जिल्ला अदालत तनहुँले भने उनलाई बलात्कारको अभियोगबाट माघ ३ गते सफाइ नै दिएको थियो।

हिजो उच्चका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले अभियोगमा दावी नपुग्ने भन्दै शाहलाई सफाइ दिएको थियो।

नाबालिग बलात्कारको आरोपमा गत फागुन १५ मा जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर शाहले आत्मसमर्पण गरेका थिए।

फागुन १५, २०७९ सोमबार ०८:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।