एमालेको सचिवालय बैठक बस्दै, राष्ट्रपति निर्वाचनकै सेरोफेरोमा छलफल हुने

एमालेको सचिवालय बैठक बस्दै, राष्ट्रपति निर्वाचनकै सेरोफेरोमा छलफल हुने

काठमाडौं: एमालेको सचिवालय बैठक आज बस्दै छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ११ बजेका लागि बैठक तय भएको छ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।

एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ। उनको प्रतिस्पर्धीमा कांग्रेसका रामचन्द्र पौडेल छन्। 

राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ। 

फागुन १५, २०७९ सोमबार ०८:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।