भ्रष्टाचार केसमा आपका नेता सिसोदिया सिबिआइको हिरासतमा

भ्रष्टाचार केसमा आपका नेता सिसोदिया सिबिआइको हिरासतमा

एजेन्सी : दिल्ली मदिरा घोटालाको अनुसन्धानका लागी दिल्लीका उप मुख्यमन्त्री मनिष सिसोदिया पक्राउ परेका छन्। आम आदमी पार्टीका नेता समेत रहेका उनलाई सिबिआइले पक्राउ गरेको हो।

पक्राउ गर्नु अगाडि सिबिआइले उनलाई सोधपुछ गरेको थियो। सिबिआईको कार्यालयमा सोधपुछ हुँदा बाहिर आपका कार्यकर्ताले विरोध प्रदर्शन गर्दा थप नेता समेत पक्राउ परे।

आपका प्रमुख अरविन्द केजरीवालको सरकारले दिल्लीमा नयाँ मदिरा नीति ल्याएको थियो। त्यसमा भ्रष्टाचार भएको आशङ्कामा सिबिआइले छानबिन थालेपछि आपले राजनीतिक रङ्ग दिएको थियो।

मदिरा नीतिलाई लिएर सिसोदियासहित अन्य नेतामाथि समेत भ्रष्टाचारको आरोप लागेको छ। उपराज्यपाल बिके सक्सेना ले अघिल्लो वर्ष सो घटनामा छानबिनको आदेश दिएको थियो। छानबिन थालिएपछि दिल्ली सरकारले नयाँ नीति फिर्ता लिएको थियो।

सिसोदियाले बयानकोक्रममा असहयोग गरेको भन्दै सिबिआइले हिरासतमा राखेको हो। सोमवार उनलाई अदालतमा पेस गरिने तयारी छ।

फागुन १४, २०७९ आइतबार २३:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।