आठ दलीय गठबन्धनले बनायो राष्ट्रपति चुनावको तयारीका लागि कार्यदल

आठ दलीय गठबन्धनले बनायो राष्ट्रपति चुनावको तयारीका लागि कार्यदल

काठमाडौं : २५ फागुनमा हुने राष्ट्रपति चुनावको तयारीका लागि आठ दलीय गठबन्धनले कार्यदल गठन गरेको छ।

रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको गठबन्धनले प्रत्येक दलबाट एक-एक जना सदस्य रहने गरी कार्यदल बनाएको हो।

आज आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठकले कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदल गठन गरेको छ।

कार्यदलमा अन्य सदस्यमा माओवादीबाट देव गुरुङ, जसपाबाट राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीबाट बेदुराम भूसाल, राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी, जनमत पार्टीबाट अब्दुल खाँ, लोसपाबाट शरतसिंह भण्डारी र नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ रहेका छन्।

फागुन १४, २०७९ आइतबार २१:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।