भारी वर्षा र चट्याङका कारण बीचैमा रोकियो केपी ओली कपको खेल

भारी वर्षा र चट्याङका कारण बीचैमा रोकियो केपी ओली कपको खेल

काठमाडौं : भारी वर्षा र चट्याङका कारण काठमाडौंमा जारी केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लब र सातादोबाटो युथ क्लबबीचको खेल बीचैमा रोकिएको छ।

आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो।

 

यसपछि खेलको ५३ औं मिनेटपछि भारी वर्षासँग चट्याङए परेपछि आयोजकले दोस्रो हाफको खेल स्थगित गरेको हो।

दोस्रो हाफको खेल सोमबार बिहान ११ बजे खेलाइने तय गरिएको छ। सोमबारकै लागि दोस्रो सेमिफाइनल पनि तय गरिएको छ।

दोस्रो सेमिफाइनल खेल भने दिनको ३ बजे हुनेछ। खेलमा मच्छिन्द्र फुटबल क्लब र आयोजक केपी ओली फुटबल क्लबबीच प्रतिष्पर्धा हुनेछ।

राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्नेछन्।

फागुन १४, २०७९ आइतबार १९:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।