नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्रीले रोके एमालेबाट परराष्ट्रमन्त्री बनेकी पौडेलको जेनेभा भ्रमण
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को बैठकमा भाग लिन जेनेभा जान लागेकी परराष्ट्रमन्त्री डा. विमला राई पौडेलको भ्रमणमा रोक लगाएका छन्।
एमालेसँगको सहकार्य सकिएर आठ दलको नयाँ गठबन्धन बनेसँगै प्रचण्डले एमालेबाट मन्त्री बनेकी पौड्याललाई भ्रमणमा रोक लगाएका हुन्।
स्वीट्जरल्याण्डको जेनेभामा हुने बैठकमा उनले नेपालले मानव अधिकारको क्षेत्रमा हासिल गरेको उपलब्धिहरूको बारेमा सम्बोधन गर्ने तयारी गरेकी थिइन्।
तर प्रधानमन्त्रीले फोन गरेर जेनेभा नजानु भनेपछि उनको भ्रमणमा रोक लागेको हो।
फागुन १४, २०७९ आइतबार १८:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।