सामान्य अंकले उकालो लाग्यो नेप्से, लघुवित्तमा ‍लगानीकर्ताको आकर्षण

सामान्य अंकले उकालो लाग्यो नेप्से, लघुवित्तमा ‍लगानीकर्ताको आकर्षण

काठमाडौं : साताको पहिलो कारोबारको दिन आज (आइतबार) नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ।

पछिल्लो एक साता निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक आइतबार सकारात्मक देखिएको छ। आज नेप्से परिसूचक ४.५५ अंकले बढेर २०२७.१९ बिन्दुमा पुगेको छ। 

आइतबार कारोबारमा भएका २६२ कम्पनीको ६५ लाख १५ हजार ८५२ कित्ता शेयर २ अर्ब ५२ करोड ५० लाख ७१ हजार ८०६ रुपैयाँमा कारोबार भयो।

नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक नकारात्मक देखिएको छ भने ८ वटा उपसमूहको परिसूचकमा सकारात्मक देखिएको छ। आज लघुवित्त वित्तीय संस्थाहरुको शेयरमा लगानीकर्ताको आकर्षण देखियो।

लघुवित्त उपसहुको सूचक २.७८ प्रतिशतले बढेको छ भने फाइनान्स, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, अन्य, लगानी र निर्जीवन बीमा उपसमूहको सूचक सकरात्मक भएका छन्। 

आइतबार नेप्से परिसूचक बढेसँगै विजय लघुवित्तको शेयरमूल्य ७.९४ अंकले बढेको छ। यस्तै ग्रिन डेभलपमेण्ट बैंक, अभियान लघुवित्त, मिर्मिरे लघुवित्त आराम्भ चौतारी लघुवित्तलगायतको शेयर मूल्य बढेको छ। आइतबार हिमालयन डिस्टीलरीको १० करोड ५८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। 

फागुन १४, २०७९ आइतबार १६:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।