एकनाले भरुवा बन्दुक बोकेर सिकार खेल्न गएका बाबु-छोरा प्रहरीको फन्दामा

एकनाले भरुवा बन्दुक बोकेर सिकार खेल्न गएका बाबु-छोरा प्रहरीको फन्दामा

काठमाडौं : एकनाले भरुवा बन्दुक बोकेर पाल्पा, रिब्दिकोट गाउँपालिका-६ ठिमुरेस्थित जंगलमा सिकार खेल्न गएका बाबु-छोरालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा तिनाउ गाउँपालिका-६ बस्ने ५७ वर्षीय निर बहादुर सारु र उनकै छोरा २८ वर्षीय टिकाराम सारु रहेका छन्।

उनीहरूबाट एकनाले भरुवा भन्दुक १ थान, करिब १ सय ग्राम बारुद, फलाम र सिसाका टुक्राहरु बरामद गरिएको छ। 

उक्त जंगलमा सिकार खेल्न गएको भन्ने सूचनाको आधारमा प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियारसहित फेला पारी पक्राउ गरेको हो। 

फागुन १४, २०७९ आइतबार १५:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।