महिला फुटबलको ओलम्पिक छनोट नेपालमा आयोजना हुने

महिला फुटबलको ओलम्पिक छनोट नेपालमा आयोजना हुने

काठमाडौं : नेपालले पेरिस ओलम्पिक अन्तर्गतको महिला फुटबलको छनोट खेल आयोजना गर्ने भएको छ।

सन् २०२४ मा आयोजना हुने ओलम्पिकको महिला फुटबलको एसिया छनोटअन्तर्गत समूह ‘सी’ को पहिलो चरणको खेलहरू नेपालमा हुने भएको हो।

समूह ‘सी’ मा रहेको प्यालेस्टाइनले नाम फिर्ता लिएपछि तीन राष्ट्र नेपाल, अफगानिस्तान र भियतनामले छनोट खेल खेल्नेछन्।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार छनोटको पहिलो चरणका खेलहरु आगामी चैत २० देखि २८ गतेसम्म दशरथ रङ्गशालामा सञ्चालन हुनेछन्।

नेपालले महिला फुटबलको ओलम्पिक छनोट आयोजना गर्न लागेको यो पहिलो अवसर हो। 

ओलम्पिक महिला फुटबल छनोटको पहिलो चरणमा विभिन्न २६ टोली सहभागी छन्। ती टोलीलाई सात समूहमा विभाजन गरिएको।

फागुन १४, २०७९ आइतबार १४:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।