परराष्ट्रमन्त्री पौडेल जेनेभा जाँदै
काठमाडौं : संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को बैठकमा भाग लिन परराष्ट्रमन्त्री डा. विमला राई पौडेल आइतबार जेनेभा जाने भएकी छिन्।
परराष्ट्र मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मानव अधिकारको क्षेत्रमा हासिल गरेको उपलब्धिहरूको बारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको पौडेलले बताइन्।
नेपाल सो परिषद्को सदस्य राष्ट्र भएकाले सदस्य राष्ट्रको हैसियतले नेपालमा आफूले गरेको प्रगतिबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन र बहुपक्षीय तथा द्विपक्षीय छलफलको माध्यम अन्य मुलुकसँगको सम्बन्धलाई अझै बलियो बनाउने अवसरमा रूपमा सो बैठकलाई उपयोग गरिने मन्त्री पौडेलले बताइन्।
उनले बैठकमा द्विपक्षीय र बहुपक्षीय सम्बन्ध विस्तारको विषयमा छलफल हुने बताइन्।
मन्त्री पौडेल सो बैठकमा भाग लिएर कतारको दोहामा हुने अतिकम विकसित राष्ट्रहरूको सम्मेलनमा सहभागी हुने जानेछिन्।
फागुन १४, २०७९ आइतबार १३:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।