सन्दीपको मुद्दाको सुनुवाइ मल्ल र चुडालको संयुक्त इजलासमा हुने

सन्दीपको मुद्दाको सुनुवाइ मल्ल र चुडालको संयुक्त इजलासमा हुने

काठमाडौं: क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज फैसला हुँदैछ। उनले उच्च अदालत पाटनको फैसलाविरुद्ध क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।

बलात्कारको आरोप लागेपछि उनलाई पुस २९ गते उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गरेको थियो भने विदेश जान प्रतिबन्ध लगाएको थियो।

आज सन्दीपको मुद्दाको सुनुवाइ न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा हुनेछ।

यस्तै सन्दीपको मामिलामा उनलाई धरौटीमा छोड्ने आदेशविरुद्ध दायर भएको मुद्दा पनि सुनुवाइ हुनेछ। शुक्रबार ईश्वरप्रसाद खतिवडाको एकल इजलासले दुवै मुद्दालाई लगाउमा राखेर सुनवाइ गर्न आदेश दिएको थियो।

फागुन १४, २०७९ आइतबार ११:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।