सन्दीपको क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मुद्दामा आज फैसला हुँदै

सन्दीपको क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मुद्दामा आज फैसला हुँदै

काठमाडौं: क्रिकेटर सन्दीप लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको आज फैसला हुँदैछ। उच्च अदालतको आदेशविरुद्ध सन्दीपले क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने माग राख्दै मुद्दा दायर गरेका थिए।

शुक्रबार सर्वोच्च अदालतबाट आदेश नआएपछि आजका लागि अन्तिम सुनुवाइ तोकिएको थियो। सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सन्दीपले विदेश जान पाऊँ भन्दै दिएको निवेदन र उनलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश उल्ट्याउन माग गर्दै सरकारी वकिलको कार्यालयले दायर गरेको पुनरावलोकन निवेदनलाई एकसाथ पेश गर्न आदेश दिएको थियो।

फागुन १४, २०७९ आइतबार १०:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।