दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्दै, यी हुन् कार्यसूची
काठमाडौं: राष्ट्रिय सभाको बैठक आज बस्दैछ। राष्ट्रिय सभाको १३औँ अधिवेशनको नवौँ बैठक आज दिउँसो १ बजे बस्नेछ।
आज बैठकमा राष्ट्रिय सभा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।
सङ्घीय संसद्का महासचिव भरतराज गौतमका अनुसार राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले 'राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५-७६, २०७६-७७ र २०७७-७८ को वार्षिक प्रतिवेदनको कार्यान्वयन अनुगमन मूल्याङ्कन प्रतिवेदन, २०७९' सभासमक्ष पेश गर्नेछिन्।
यसैगरी राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा अन्तर्गत गठित विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्ने पनि सम्भावित कार्यसूची रहेको छ।
फागुन १४, २०७९ आइतबार ०८:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।