‘दर्पण छायाँ २’की नायिका सहारा कार्कीले गरिन् इन्जेगमेन्ट, असार ११ गते विवाह

काठमाडौं : चलचित्र ‘दर्पण छायाँ २’की नायिका सहारा कार्कीले इन्गेजमेन्ट गरेकी छन्। अमेरिका बस्दै आएकी उनले गायक फिरोज तिमल्सिनासँग औंठी साटेकी हुन्।
शनिबार विहान सामाजिक सञ्जालमा उनले आफूले फिरोज तिमल्सिनासँग औंठी साटेको जानकारी गराएकी हुन्।
तिमल्सिना यसअघि नेपालमा नेपाल आइडल र भ्वाइस अफ नेपालमा काम गरेर अमेरिका गएका हुन्। उनी त्यहाँ एक कम्पनीमा डेटा डेभलपरको रुपमा कार्यरत छन्।
अमेरिका बस्दै आएकी कार्कीले सहारा प्रोडक्सनले नै निर्माण गरेको फिल्मका लागि नेपाल आएकी थिइन्। चलचित्र क्षेत्रमा लाग्ने सोचका साथ नेपाल आएकी उनको पहिलो फिल्म नै फ्लप भएपछि उनी अमेरिका नै फर्किइन्।
फिरोज र सहारा करिब ६ वर्षदेखि प्रेम सम्बन्धमा छन्। सहाराले गतवर्ष दिएको एक अन्तरवार्तामा आफ्नो प्रेमीबारे खुलाएकी थिइन्।
‘दर्पण छायाँ २’ पछि उनले अहिलेसम्म कुनै पनि फिल्ममा काम गरेकी छैनन्।
उनीहरूले असार ११ गते विवाह बन्धनमा बाँधिदैछन्।
फागुन १३, २०७९ शनिबार २१:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।