सोझै विश्वकप छनोट खेल्न नेपालले सात खेल जित्नैपर्ने
काठमाडौ : आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्न अब बाँकी ८ मध्य ७ खेल जित्नुपर्ने भएको छ।
अन्तिम खेलमा नामिबियाले युएईलाई ७ विकेटले हराएसँगै उक्त समिकरण बनेको हो। आईसिसी विश्वकप लिग–२ का शीर्ष तीन टोलीले आगमी जुन जुलाईमा जिम्बावेमा हुने सोझै विश्वकप छनोट खेल्न पाउनेछन्।
स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारसहित ५० अंकका साथ च्याम्पियन बन्दै विश्वकप छनोटमा पुगेको छ। ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेको छ।
अब नेपाल, नामिबिया र युएईमध्ये एक टोली शीर्ष तीनमा रहँदै विश्वकप छनोट सोझै खेल्न पाउनेछन्।
नेपालले अब युएईसँग चार र पपुवा न्युगिनीसँग चार खेल खेल्नेछ। सोझै ओडिआई मान्यता जोगाउन भने बाँकी आठमध्ये पाँच खेल जित्नैपर्ने हुन्छ।
फागुन १३, २०७९ शनिबार २०:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।