सांसदको निधनपछि जसपाको झण्डा आधा झुकाइने, तीन दिन कार्यालय बन्द

सांसदको निधनपछि जसपाको झण्डा आधा झुकाइने, तीन दिन कार्यालय बन्द

काठमाडौं : जनता समाजवादी पार्टी, नेपालले सांसद् सहनाज रहमानको निधनमा दुःख व्यक्त गरेको छ।

शनिबार केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले शोक विज्ञप्ति जारी गर्दै सांसद् रहमानको निधनप्रति दुःख व्यक्त गरेका हुन्।

‘संघीयता, गणतन्त्र, पहिचान र अधिकार प्राप्तिको आन्दोलनमा अनवरत लाग्नुभएकी मधेस आन्दोलनकी अग्रणीमा मा. रहमानको मृत्युले संघीय लोकतान्त्रिक गणतन्त्रको आन्दोलन र जनता समाजवादी पार्टी, नेपाललाई अपुरणीय क्षति पुग्न गएको छ,’ शोक वक्तव्यमा भनिएको छ।

वनभाेज गएकी जसपा सांसद्को हृदयघातका कारण निधन

शोकमा जसपाले पार्टीको झण्डा आधा झुकाउने र तीन दिनसम्म कार्यालय बन्द गर्ने जनाएको छ।

फागुन १३, २०७९ शनिबार २०:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।