नेपालगञ्ज जान्छाैं भनि हिँडेका दम्पत्तीकाे शव भेरीमा भेटियो, ९ लाख ४१ हजार रुपैयाँ पनि साथमै

नेपालगञ्ज जान्छाैं भनि हिँडेका दम्पत्तीकाे शव भेरीमा भेटियो, ९ लाख ४१ हजार रुपैयाँ पनि साथमै

बाँके : जिल्लाको डुडुवा गाउँपालिका-३ भगरास्थित राप्ती नदीमा दम्पत्तीकाे शव भेटिएको छ।

राप्तीसोनारी गाउँपालिका-५ तिलहरिया बस्ने ८७ वर्षीय तिलबहादुर बुढा र उनकै श्रीमती ६७ वर्षीय बुद्धिमला बुढा शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

उनीहरू गत माघ १० गते घरबाट नेपालगञ्ज जान्छौं भनि हिँडेकोमा घर फर्की नआएपछि खोजी गर्ने क्रममा नदीमा उनीहरूको शव फेला परेको हो।

साथै मृतकहरुको साथबाट ९ लाख ४१ हजार ४ सय रुपैयाँसमेत फेला परेको छ।

फागुन १३, २०७९ शनिबार २०:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।