रोल्पा र झापामा महिला बलात्कृत, दुई जना पक्राउ
काठमाडौं : रोल्पा र झापामा दुई महिला बलात्कृत भएका छन्।
५२ वर्षीया महिला बलात्कार आरोपमा रोल्पाको सुनछहरी गाउँपालिका–७ जेलबाङ बस्ने ४० वर्षीय धनिमान रोकालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।
रोकाले ती महिलालाई गत माघ २८ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी जेल्वाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस्तै, २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरादह नगरपालिका–५ बस्ने ३६ वर्षीय चन्द्र बहादुर चेम्जोङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी महारानीझोडा र ईलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
फागुन १३, २०७९ शनिबार १९:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।