अब प्रदेश सरकार झनै बलियो हुन्छ : अध्यक्ष यादव
काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आगामी दिनमा प्रदेश सरकार झनै सशक्त भएर जाने बताएका छन्।
शनिबार जनकपुर पुगेका उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफ्नो पार्टीले उप–राष्ट्रपति पाउने सहमति भइसकेकाले सहमति अनुसार नै अघि बढ्ने् बताएका हुन्।
उनले प्रदेश सरकार आगामी दिनमा श्रोत, साधन र अधिकार सम्पन्न बनाउने, कर्मचारी र प्रहरी प्रशासनहरू प्रदेश सरकारले नै परिचालन गर्नेगरी अघि बढ्ने दाबी गरे।
उनले भने, ‘कांग्रेसले राष्ट्रपति र हामीले उप–राष्ट्रपति पाउने सहमति भएको छ। प्रदेश सरकार आउने दिनमा झनै बलियो हुन्छ, श्रोत, साधन र अधिकार सम्पन्न बनाउने, कर्मचारी र प्रहरी प्रशासनहरू प्रदेश सरकारले नै परिचालन गर्नेगरी अघि बढ्छ।’
अध्यक्ष यादवले सत्ता गठबन्धनले मधेस प्रदेशमा कुनै समस्या नआउने दाबी गरे।
फागुन १३, २०७९ शनिबार १७:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।