माधव नेपाललाई ओलीको पत्र– ‘पूर्ण सहयोगको विश्वास छ’

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पत्र लेखेका छन्।
शनिबार राष्ट्रपतिको मनोनयनमा पार्टीको तर्फबाट सुवास नेम्वाङलाई उम्मेदवार बनाएपछि अध्यक्ष ओलीले माधव नेपाललाई पत्र लेखेर नेम्वाङको पक्षमा मतदान गर्न आग्रह गरे।
नेम्वाङ राष्ट्रपति पदलाई अत्यन्त योग्य एवं उपयुक्त उम्मेदवार भएको दाबी गर्दै ओलीले पूर्ण सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका हुन्।
फागुन १३, २०७९ शनिबार १७:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।