यु-१९ विश्वकप एसिया छनोट : कुवेतलाई नेपालको विशाल लक्ष्य, देव र अर्जुनको शतक
काठमाडौं : आईसीसी यु–१९ विश्वकपको एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतलाई ३४४ रनको विशाल लक्ष्य दिएको छ।
युएईको अजमानस्थित मलेक क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित ५० ओभरमा नेपालले ७ विकेट गुमाएर ३४३ रन बनायो।
नेपालका कप्तान देव खनाल र अर्जुन कुमालले शतकीय इनिङ खेले। खनालले अविजित रहँदै १२५ रनको इनिङ खेल्दा कुमालले टिमका लागि १०८ रन जोडे।
त्यस्तै, विशाल विक्रम केसीले २३ रन बनाउँदा दीपक बोहरा ‘ए’ले १३ र दीपक बोहरा ‘बी’ले २० रन बनाए।
दीपकप्रसाद डुम्रेले २० रनको अविजित इनिङ खेले।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
यसअघि शुक्रबार भएको सिंगापुरविरुद्धको खेल नेपालले ९६ रनले आफ्नो पक्षमा पारेको थियो।
फागुन १३, २०७९ शनिबार १४:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।