राष्ट्रपतिमा रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता, पाँच जना प्रस्तावक

राष्ट्रपतिमा रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता, पाँच जना प्रस्तावक
तस्बिर- प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : राष्ट्रपतिमा आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता गराएका छन्। संसद् भवनमा पुगेर पौडेलले उम्मेदवारी दर्ता गराएका हुन्।

पौडेलको प्रस्तावकमा मात्रै छ जना रहेका छन्। उनकाे प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ, जनमत पार्टीका नेता अब्दुल खान, जसपाका नेता अशोक राई रहेका छन्।

यस्तै, समर्थकमा लोसपा अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र माओवादी नेता हितराज पाण्डे रहेका छन्।

फागुन १३, २०७९ शनिबार १४:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।