राप्रपा बाहिरियो सरकारबाट, मन्त्रीहरूले बुझाए राजीनामा
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको छ। राप्रपाका मन्त्रीहरूले आज प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई राजीनामा बुझाएका हुन्।
आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उनीहरूले राजीनामा बुझाएका हुन्। सङ्घीय सरकारका मन्त्रीहरूले राजीनामा बुझाएपछि स्वतः पदमुक्त हुने व्यवस्था छ।
राप्रपाका तर्फबाट सरकारमा उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, शहरी विकासमन्त्री विक्रम पाण्डे, कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंह सहभागी थिए।
राप्रपाको आज बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले राष्ट्रपति निर्वाचनमा पछिल्लो विकसित घटनाक्रमको समीक्षा गर्दै पार्टी सरकारबाट फिर्ता हुने निर्णय गरेको थियो।
फागुन १३, २०७९ शनिबार १३:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।