प्रचण्डजीले अफ्ठ्यारो पर्यो भनिरहनुभएको छ, तर सम्झौताअनुसार नै भोट हाल्नुहुन्छ : केपी ओली
काठमाडौं: एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस १० गतेको सम्झौताअनुसार नै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रपतिमा एमाले उम्मेदवारलाई सहयोग गर्ने दावी गरेका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
उनले प्रधानमन्त्री दाहालले आफूलाई अफ्ठ्यारो परेको र दबाब आएको कुरा गरेको भनिरहे पनि पुस १० को सम्झौताअनुसार नै एमाले उम्मेदवारलाई सघाउनेमा विश्वस्त रहेको बताए। उनले भने, ‘प्रचण्डजीले अलिकति के अफ्ठ्यारो पर्यो मलाई, के के पर्यो
दबाब पर्यो भनिरहनुभएको छ। तर उहाँले सम्झौताअनुसार भोट हाल्नुहुन्छ।'
यस्तै आठ दलीय नयाँ गठबन्धनको सन्दर्भमा पनि उनले समर्थनका लागि नभएर चिया खान बोलाएको बताए। 'कहाँ आठ दलको समर्थन थियो? आठ दललाई बोलाएको थियो? चिया खान बोलाए जति सबै भोट हुन्छ?’
एमालेले सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ।
फागुन १३, २०७९ शनिबार १३:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।