बाबुराम भट्टराईको नेसपाले राष्ट्रपतिमा कांग्रेसका पौडेललाई मत दिने

बाबुराम भट्टराईको नेसपाले राष्ट्रपतिमा कांग्रेसका पौडेललाई मत दिने

काठमाडौं: बाबुराम भट्टराई नेतृत्त्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले आगामी राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने भएको छ। नेसपाको आज बसेको पदाधिकारी बैठकले आगामी फागुन २५ गते हुने निर्वाचनमा कांग्रेसका उम्मेदवार पौडेललाई मत दिन निर्णय गरेको हो।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वरिष्ठ नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

यस्तै नेसपाले राष्ट्रपति निर्वाचनका सन्दर्भमा बनेको नयाँ गठबन्धनलाई सहयोग गर्ने निर्णय पनि गरेको पार्टीका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए।

फागुन १३, २०७९ शनिबार १२:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।