एमालेले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने, माओवादी फकाउन सकिन्छ कि भनेर निर्वाचनअघि सरकार नछाड्ने
काठमाडौं: एमालेले राष्ट्रपतिको उम्मेदवारमा पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई अघि सारेको छ। च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बिहान बसेको सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए।
नेम्वाङ गत मङ्सिरमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा इलाम क्षेत्र नं २ बाट निर्वाचित भएका थिए।
यस्तै एमालेले तत्काल सरकार नछाड्ने भएको छ। राष्ट्रपतिको निर्वाचनको परिणाम कुर्ने र त्यसैअनुसार निर्णय गर्ने एमालेको रणनीति छ।
यसबीचमा माओवादीलाई फकाउन र पुस १० गतेकै सहमतिमा फर्काउन प्रयास गर्ने एमालेको योजना छ।
एमाले बैठक पार्टी कार्यालयमा जारी छ। आज राष्ट्रपति निर्वाचनको लागि मनोनयन दर्ता हुँदैछ।
फागुन १३, २०७९ शनिबार १२:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।