कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार- रामचन्द्र पौडेल

कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार- रामचन्द्र पौडेल

काठमाडौं: नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ। कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज बिहान बसेको बैठकले यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

उपसभापति धनराज गुरुङका अनुसार उनलाई उम्मेदवार बनाउने बारे सर्वसम्मतले निर्णय भएको हो।

यसअघि हिजो बसेको आठ दलको गठबन्धनले राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई जिताउने सहमति गरिसकेका छन्। आठ दलमा कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टी छन्।

आज अपराह्न ३ बजेसम्म राष्ट्रपतिको निर्वाचनको लागि मनोनयन दर्ता हुँदैछ।

फागुन १३, २०७९ शनिबार ११:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।