राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिने विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिने विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

काठमाडौं: एमालेको सचिवालय बैठक अहिले बस्दैछ। ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक बसिरहेको हो।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल हुनेछ। यस्तै सरकारबाट बाहिरिने विषयमा पनि छलफल हुने बताइएको छ।

आज राष्ट्रपति निर्वाचनको लागि उम्मेदवारको मनोनयन दर्ता हुँदैछ।

फागुन १३, २०७९ शनिबार ०९:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।