राष्ट्रपतिमा काङ्ग्रेसको उम्मेदवारलाई समर्थन गर्ने जसपाको निर्णय
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)नेपालले राष्ट्रपतिमा नेपाली काङ्ग्रेसको उम्मेदवारलाई समर्थन गर्ने भएको छ।
शुक्रबार बसेको कार्यकारिणी समितिको बैठकले राष्ट्रपतिमा काङ्ग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
उप–राष्ट्रपति जसपाले पाउने गठबन्धन दलहरूबीच सैद्धान्तिक सहमति भए पनि पार्टी बैठकमा उप–राष्ट्रपतिको उम्मेदवारको विषयमा छलफल भएन।
फागुन १२, २०७९ शुक्रबार २१:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।