प्रचण्डको प्रस्तावमा आठ दलबीच सहमति, राष्ट्रपतिमा कांग्रेसलाई समर्थन
काठमाडौं: राष्ट्रपतिको उम्मेदवारका बारेमा सहमति गर्न जुटेका आठ दलले नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने भएका छन्।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच यस्तो सहमति भएको हो।
दलगत रूपमा राष्ट्रपति कांग्रेसको भागमा परे पनि व्यक्ति भने टुङ्गिएको छैन। भोलि बिहान साढे ८ बजे बस्ने कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले व्यक्ति विशेषलाई उम्मेदवार तोक्नेछ।
कांग्रेसलाई राष्ट्रपति दिने प्रस्ताव भने माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले ल्याएका हुन्। उनले ठूलो दलको हैसियतमा कांग्रेसले राष्ट्रपति पाउनुपर्ने प्रस्ताव गरेपछि बैठकमा उपस्थित सबैले समर्थन जनाएको बताइएको छ।
फागुन १२, २०७९ शुक्रबार १९:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।