‘राष्ट्रपतिलाई कार्यकारीको रूपमा प्रयोग गर्न खोज्दा शक्ति राष्ट्रको दौडधुप बढ्यो’

‘राष्ट्रपतिलाई कार्यकारीको रूपमा प्रयोग गर्न खोज्दा शक्ति राष्ट्रको दौडधुप बढ्यो’

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रपतिको पदलाई कार्यकारी बनाउने खेल भइरहेको बताएका छन्।

शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष केसीले राष्ट्रपतिको पद अलांकारिक भए पनि कार्यकारी राष्ट्रपतिको रूपमा प्रयोग गर्न खोजिएको बताए।

उनले राष्ट्रपतिको पदलाई सक्रिय बनाउन खोज्नुले जनतामाझ नराम्रो सन्देश गएको बताए। दलहरूले राष्ट्रपतिलाई सक्रिय बनाउन खोजेसँगै शक्ति राष्ट्रहरूको पनि दौडधुप बढेको उनले बताए।

‘अलंकारिक राष्ट्रपतिका लागि यस खालको हल्लाले शक्ति राष्ट्रहरुको पनि आवतजावत बढ्यो, यसले राजनीतिक पार्टीहरूको स्तर असाध्यै गिराएको छ,’ उनले भने, ‘यसले धेरै नराम्रो सन्देश गएको छ नेपाली जनताको बीचमा।’

केसीले नेपाली कांग्रेससहितको पुरानो पाँचदलीय गठबन्धन बन्न लागेको बताए। उनले नयाँ सरकार बने पनि राष्ट्रिय जनमोर्चाको नीति सरकारमा जाने नरहेको स्पष्ट पारे।

फागुन १२, २०७९ शुक्रबार १८:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।