प्रचण्ड-ओलीबीच भेटवार्ता सकियो, अब एमालेबाहेकको गठबन्धनबाट राष्ट्रपति बनाउन चार दलको बैठक
काठमाडौं : एमालेबाहेकको गठबन्धनबाट राष्ट्रपति बनाउन चार दलको बैठक बालुवाटारमा जारी रहेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सकिए लगतै एमाले बाहेकको चार दलको बैठक सुरु भएको हो।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका नेताहरु बैठकमा उपस्थित रहेका छन्।
आजै बिहान पनि राष्ट्रपतिका विषयमा छलफल गर्न चार दलको बैठक बसेको थियो। तर सबै पार्टी आ-आफ्नै अडानमा रहेपछि कुरो मिल्न सकेको थिएन।
बिहान सहमतिमा कसलाई उम्मेदवार बनाउने विषयमा कुरा नमिले पनि अहिलेको बैठकले भने यो विषयमा टुंगो लगाउने बताइएको छ।
राष्ट्रपतिमा कांग्रेस र एकीकृत समाजवादीको दाबी छ। प्रचण्डले पनि माधव नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेका थिए। यस प्रस्तावमा जनता समाजवादीको पनि साथ थियो।
तर कांग्रेसले भने राष्ट्रपति पद आफैंलाई दिन अडान राख्दै यसको बदलामा माधव नेपाललाई गठबन्धनका तर्फबाट एक वर्ष सरकार प्रमुख बनाउने प्रस्ताव अघि सारेको थियो।
फागुन १२, २०७९ शुक्रबार १७:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।